Monday, August 11, 2014

आमा मन्दाक्रान्ता छन्द : SSS SII III SSI SSI SS आमा (कविता)


आमा 

#######
गर्छौ माया हरपल अनी चूमि ती ओठ प्यारा
भुल्छौ पीडा चलपल गरे बालकैले ति तिम्रा
हास्छौ हासो मधुर जहिले फुल्छ उ भर्भराई
हिड्छौ उस्को पछिपछि तिमी हिड्छ उ लर्खराई ...

बोल्छौ बोली त त ति तु गरी बात बुझेर उस्का
नाच्छौ उफ्री तल धरतिमा हासि है सामु उस्का
हास्छौ रुन्छौ नजरभरिमा राखि है ऊसलाई
हुन्छौ जैले पलपल सधै जे पनी बन्नलाई

खोज्छौ जैले वरपर कतै उ नहूदा रुएर
पढ्यो हुर्क्यो ढलमल गरी कोख तिम्रो रहेर
जान्छन सम्झि दुर गगनमा प्राण तिम्रो चुडेर
हुन्छौ एक्लै बिचरिबनिता सम्झि माया सहेर

ठूलो आकास छ रुमलिएको यहा चन्द्र संगै
होऊ त्यै चन्द्र भइ चमकिने लाख तारा ति संगै
कोपीला हौ फलिफुल तिमी आउ वास्न छरेर
यै स्वप्ना है गर गर पुरा झूत्रि आमा कहेर
बिक्रमादित्य

अन्तिम श्वास पंञ्चचामर छन्द: ISI SIS ISI SIS ISI S

अन्तिम श्वास

म सोच्छु सम्झदै पिडा र कष्टरुपि सम्झना
झझल्किरैछ सम्झना मधूर मिष्ठ प्रीतका
चलेछ प्यारको बतास मन्द मन्द मन्मा ...
नवीन प्यार एक भो पलाइ प्रीत प्यारमा

रसीक प्रेममा म भै जलेछ छाति प्यारले
जुधेर भावनाहरु बसेछ प्रीत प्यार लौ
मुसुक्क मस्कदा उनी भएछु पागलै सरी
ति दन्त लाग्दथे हिरा सुरम्य प्यारिका सरी

चुमेर ओठ ओठमा चढेछ प्रीत बैश झै
बितेछ मस्कि मस्त बैश मत्त प्रेममा भै
म हासि खेली रम्दथे रमाइ प्रेमिका सग
गरेछु प्रेमका मिठा कुरा म हासिँ ऊ सग

पवित्र प्यार प्रेम यो पलाइ प्रकृती सरी
र बित्तथे ति पल्हरू पवित्र प्यार त्यसरी
मलाइ उसले भनी छ भन्नु केहि बात ती
र मख्ख दङ्ग भै बसे म सुन्नलाइ बात ती

र भन्न थालि एसरी कुरा उ घातका सरी
नसोच प्यार त्यो थियो पवीत्र प्यार त्येसरी
म जान्छु दूर दीलमा दिएर सम्झनाहरू
ल बिर्सिदेउ प्रेम त्यो र प्यारका ति पल्हरू

नवीन प्रेम गास्छु त्यो दिएर प्यार दिल्भरी
रमाउनेछु हासि त्यो रमाइ जीन्दगीभरी
उ हिष्ट पुष्ट त्यो छ है अधीक प्रीय सुन्दर
चहान्छु चुम्न ओठ ती समाइ हात ऊसका

उ आधुनीक त्यो छ है न दिन्छ चोट दिल्भरी
र राख्छु भन्छ दीलमा बनाइ रानि झै सरी
म छाडि प्यार त्यो गए नराख आश है तिमी
गए म है त प्रीय लौ ल बस्नु एकलै तिमी

सुनेर बातहेरु ती भएछु पागलै सरी
र तप्प तप्प आशु ती झरेछ झैँ सरी झरी
जले म जल्जली जले जले म राखँ भै जले
उजाड जीन्दगी भयो म राँख त्यो सरी भए

सहन्छु प्रेमका पिडा र पोल्छ छाति दन्दनी
र फुट्छ प्याट्ट छाति यो र झर्छ आँशु तप्तपी
चिथोर्छ छाति यादले र थर्र थर्किरन्छ त्यो
र रक्तपूर्ण कष्ट छाति ढुक्क ढुक्ढुकिन्छ त्यो

ल छैन ज्योति नेत्रमा ल अन्धकार के भयो
म बोल्न खोज्छु केहि लौ ल निस्किएन बोलि यो
हजार पल्ट सम्झि रोइ दर्द छातिमा दिए
म शक्ति श्वास भै बिहीन त्याग प्रेममा दिए

ल श्वास बढ्छ झन्झनै गरू म के कसो अब
यि हात काप्न लाग्छ लौ सकीन थाम्न मै अब
घुम्छ फनन्न फन्फनी मलाइ आज पृथिवी
मलाइ लाग्छ दिल्लमा हुदैछ अन्त्य जीन्दगी

ति दर्द दीलमा दियौ सकीन थाम्न दर्द ती
लडेर हेर्छु प्यारिलाइ गई यो प्यार छोडि ती
म रोक्न खोज्छु प्यारिलाइ छैन बोलि के गरू
ल गै उ रोक लौ छ कोहि रोक लौ म के गरू

नचाहि आज दूर भो ति प्यार प्रेम प्रीत त्यो
सकिन्छ आज प्रीत त्यो र प्यार ज्यान बैश त्यो
थिए ति बात दीलमा नसूनि गै गयौ नि त्यो
ल श्वास बन्द यो भयो रहेन ढुक्ढुकी नि त्यो

ल हासि खेलि बस्नुहै पवीत्र प्रेम लाएर
नदीनु घात चोट है तिप्यार बैश लीएर
अनन्त काल सम्म त्यो रहोस बाँची प्रीत है
मिलेर जीन्दगीभरी जिऊनु प्रीतलाइ है

ति मिष्ट प्यार प्रीतका मधूर चुम्बनैहरू
भुलेर बस्नु है प्रिए नलीनु सम्झनाहरू
दिएर अल्प प्रेम यो गयौ लिएर प्राण यो
छ लाख लाख कामना नवीन स्वच्छ प्यारको

पराइ प्रीय पायरै परेछ प्यार प्रीत त्यै
पिएर प्राण प्रेमको परेछ प्राप्त प्यार यै
पिलाइ प्रेम प्रीत प्यार पाइ प्राण प्यारिले
पराइ प्राण भै गयो पाएर प्रीत प्यारीले

पिएछु आशु प्यारिको भनेर आशु प्रेमको
चिरीन खोज्छ कंठ यो पिएर आशु ऊसको
फुले यि टम्टमी नशा बगेर प्रेमको बिष
यकोरिए यि नेत्र है ल छैन तेज धड्कन

शरीर काप्न थाल्छ लौ र पोल्छ छाति बेशरी
असाध्य पोल्छ छाति यो सहन्छु दर्द कस्तरी
बनाइ मुठि त्यो म है म पिट्छु दर्द छातिमा
मरे म लौ न हौ छ कोहि बस्न आउ छेउमा

ति इन्दु झै ल त्येसरी ल इन्दु चम्किरैरनू
यि श्वास इन्द्रियेहरू सुके ल इन्दु नाम ली
बनाइ मुठ्ठि बेसरी नआर श्वास शब्द त्यो
ल श्वास त्यो गयो भनेर शब्द प्रीय इन्दु त्यो

                                                                                  बिक्रमादित्य

ब्याख्या अर्चना panchhachamar chhamda

ब्याख्या अर्चना

कपाल कल्पना गरे म पातलो घना घना
निधार अल्प आकृती र नासिका सुहाउना
कपोल पुष्ट रक्त नम्र सुन्दरा मुहार त्यो ...
सलक्क कण्ठमा हिरा मुखार ओष्ठ अल्प त्यो


शरीर चट्ट कस्तुरी सुगन्ध रूपमा परी
गुलाब हात जात त्यो अकास निश्चला सरी
नवीन चाल मोहनी लगाउने बसन्त त्याँ
मुसुक्क मस्कदा हिरा सुरम्य चम्कने कहाँ


मधूर मिष्ठ बोलिले स्वभाव शिष्ट नौनि झै
सुवास पुष्प हौ तिमी उदाउ एक ईन्दु झै
हजार आउला कुमार सम्झ है त सानु मै
प्रशन्न आह त्यो मुहार पाउदा त प्रेम यै


शरीर पातलो सलक्क लोभिने मुहार त्यो
सुवास एक हौ तिमी म एक मेघ है ल त्यो
लजालु दृगले तिमी त अफ्सरा म लागनै
कुमार मै हु चाहने तिमी त एक पुष्प त्यै
                                                                बिक्रमादित्य

स्मृती प्रेमीकाको शिखरीणी छन्द

बनेकी यो मेरो मन र दिलकी सुन्दर परी
परीको झै हाँसो मुसुमुसु भए घायल सरी
परीजस्ती गोरी बसिछ मनमा नै जुनिभरी
उसैको मायामा लुटुपुटु भयो यो दिलजली॥१॥

सुरीलो बोली त्यो सरलशरमी लाज उ भरी
बनेकी यो मेरो मुटु र दिलमा पुष्प उ बनी
रसीला प्रीतीका क्षणहरु लगाए प्रित नयाँ
जुधेए आखाँ ती मनदिल भयौ युगल नयाँ॥२॥

बनाएथे नौला महल सपनाका मनभरी
भए सप्ना सारा मलिन मन भो एकल सरी
कहाँ गै होली यो मुटु ततडपेको बखतमा
निरासाको त्यो राप दनदन दन्कन्छ दिलमा॥३॥

पिडा सोझै आयो तहसनहसै भै मनदिलै
नजाती यो नेत्रै तपतपतपै आँशुसरि झै
दिमागै घुम्नै गो फनननफनै त्यो वरिपरी
सुने मैले प्यारी उ जब गइ छोडी घर सरी॥४॥

मनैमा माया त्यो दिनसकिन राखे समझनी
झझल्की राखेस् है ति मनदिलमा याद म भरी
मुमुस्की राखेस् है अधरकुसुमै झै जुनिभरी
खुलोस् है ज्योती झै विषु झलमलै झै जुनिभरी ॥५॥
                                                                                                         बिक्रमादित्य

बैँश वसन्ततिलका छन्द

 
बैँश

                        

क्या त्यो मुहारभरी वैँशहरु उठेका
हेर्दीछ यूवक अली रसीरा परेका
कालो कपाल अनि ओठ नशालु हेरुँ
त्यो वैश सुन्दर अहा उनको म हेरुँ॥१॥ ...

झुल्के अनेक मनमा रसिला विचार
मात्येछ यो मन यसै कसरी उ तीर
हेरेर वैश उसको अलि ओर आए
ती गाजलु नयन हेरी यसै रमाए॥२॥

सेतो र कोमलसरी अनि पुष्प त्यो झैँ
तिघ्रा कतै छलकिएसरी उनको झैँ
छल्केछ यो मन पनि अझ भैछ दङ्ग
देखे अहा शरिरका ति नशालु अङ्ग॥३॥

टोकेर ओठ अनि यौवनका इसारा
मैतीर हेरिकन नेत्र विहोसि सारा
च्याप्पै ति हात पकडे उनको म एसै
झ्याप्पै यि ओठ चुमिगै उसले नि त्यसै॥४॥

उस्को शरीर पकडे कसिलो समाई
उस्ले नि पक्डि कसिलो शिरमा रमाई
ईच्छा नशा म उसका समहाल्न आँटे
पक्डे कपाल अनि छाति नि चुम्न थालेँ॥५॥

लौहेर छामछुम अङ्गभरी गरेकी
वेहोस झै गरी शरीर नि सुम्पिएकी
एक्कासि जोडि उसको वक्ष यो शरिर्मा
भो भो सबै हुनु जती अनि त्यो सबै भो॥६॥
                                                                                  बिक्रमादित्य

मदिरा महीमा (Sardulbikridita chhanda) शार्दूलबिक्रीडीत छन्द

 
मदिरा महीमा

झर्दै आज छ अन्धकार मधुरो निम्तार यादैहरु
हावा आइरहेछ ढल्मल गरी छर्केर बास्नाहरु
तिम्रै साथ छ यो पला बिगतका त्यै याद निम्त्याउने
तिम्रै हात छ प्रेमलाइ प्रियसीको याद बिर्साउने॥१॥
...
देख्दा छौ तरलै तिमी बगिरने खोला नदीको जल
ल्याएझै जल त्यै भरी बतलमा बिक्छौ तिमी हर्पल
बन्यौ एक तिमी मिठो र नमिठो संसार छुट्याउन
बन्यो लायक क्वै भने संग तिमी खोज्छन प्रिती गासन॥२॥

दिन्छन प्यार जुनीभरी जब पिए चुस्की ल चाख्ने भनी
दिन्छौ अल्प पियार प्रेम जसरी मातिन्छ उस्को मती
संगै छौ सबको यहा हरदमै को छैन खाने कहा
यौटा नोकर मालिकै ल जसरी खादैछ रक्सी यहा॥३॥

राम्रा हट्ट र कट्ट जोबन यसै पार्दै तिमी जालमा
खेल्दै ज्यानभरी तिमी त सुकुटी चप्काई क्या मालमा
रोगी ज्यान लिई लुरुक्कसगले धाउछ बैध्यै संगै
बैध्यै भन्दछ अल्सरै भय अझै खाए त क्यान्सेर है ॥४॥

रोगी भन्दछ लौ अझै म जिउने बाच्नेछु संगै तिमी
तिम्रो हेर्छ मुहार ऊ दिनदिनै सक्दैन ल पाल्न तिमी
कस्तो मात भयो अरे ल अहिले छाडेर छाडिन्न रे
खाए भन्दछ चाख्न त्यै यवनमा होसै गुमायो अरे॥५॥

तिम्रो ज्याजति भो अती भुवनमा वीस्की र ब्राण्डी वइन्
अस्ती सम्म रुने उ स्त्री बियरमा भोड्का ल खानै गइन्
लोग्ने भन्दछ रे नखा अब नजा भट्टी ल स्वास्नी भरे
स्वास्नी झन्न रिसार समान हक हो गर्जेर भन्छे अरे॥६॥

खान्थ्यो रे रम ऊ रमाइ उसले स्वास्नी नि मारेछ रे
बेश्या तास र ज्वाँ अनेक यिनमा मास्यो ल जग्गा अरे
मार्यौ बाहनमा युवाहरु अरे फ्याकेर होसैहरु
मै हूँ भन्दछ रे पिए जब तिमी गन्दैन रे हो अरु॥७॥

क्वै क्वै भन्दछ जाँगरै नचलने साथै नपाए तिमी
दिन्छौ रे ल मिठो ए सग सगै निन्द्रा गजब्कै तिमी
तिम्रो ख्याति हुने जुगजुगै जन्मेर आयौ यहा
सप्पै लेर ल जाउ संग अहिले खादैछ को को जहा॥८॥

शक्तीमान तिमी ल आचमनिले संगै अचाऔ सधै
भट्टी मन्दिर मानि पण्डित हुने त्यो साहु बस्ने सधै
अर्को इश्वर हौ म दर्शन गरु बिन्ती छ लाखौ रम
पूजा आज गरी भजौ ल महिमा भट्यार यै हर्दम॥९॥
                                                                                                बिक्रमादित्य